नयाँ बर्ष भन्नुनै हार्दिकता र खुशीको पर्व । नयाँ बर्षको प्रसङ्गलाई निकाल्दा आफ्नो नातेदार इष्टमित्र प्रेमी प्रेमीका वीच एकआपसमा शुभकामना आदानप्रदान गर्ने चलन चल्दै आएको छ । मानिसहरु समयलाई घडि पला दिन रात हप्ता महिना र वर्षमा आफ्नो तिथीमितिका साथ विश्वमा आफ्नो धर्म संस्कृति र रीतिरिवाज भव्यताका साथ मनाउने गरेको कुरा कुनै नौलो नै हैन ।
इतिहासको पाना खोज्दै जाने हो भने रोमको पात्रो अनुसार तीनसय चार दिनको एक वर्ष मानिन्थ्यो । एक वर्ष भित्र दश महिना थिए । इतिहास अनुसार बर्ष विभाजन गर्ने श्रेय ई।पू २५० का ुसुमेरियनु जातिलाई जान्छ किनकी यिनै जातिले ६० मिनेटको एक घण्टा र ६० सेकेण्डको एक मिनेट तोकेर समय निर्धारण गरेका थिए । तर ईटालीका ुपोप ग्रेगरीु १३ औं १५०२-१५८५ ले १५८२ मा ुजुलियस पात्रोु लाई सुधारेर ुग्रेगरियन पात्रोुलाई जन्म दिए । यो भन्दा अगाडि जुलियस पात्रोलाई मान्दै आएका थिए । ुजुलियसु रोमका एक सफल राजनितिज्ञ भएकोले रोम गनगणतन्त्रलाई रोम साम्राज्यमा रुपान्तरित गर्न सफल पनि भएका थिए ।